काठमाडौँ – नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । दाङ-१ बाट एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरीले टिकट पाउने लगभग तय भएपछि उनले बिद्रोह गरेकी हुन्। चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् ।