चितवन । चितवन -३ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन्। सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन -३ नेकपा माओवादी केन्द्रको भागमा परेको छ। निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । साथै नेकपा (एमाले)ले चितवन क्षेत्र नं.३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।