चितवन,कात्तिक १ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले मंसिर ४ हुन गइरहेको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। अध्यक्ष विद्वान गुरूङले सोमबार चितवन सहित १५१ प्रतिनिधि सभा निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि तोकेको हो ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चितवन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरू चयन गरेको केन्द्रले जनाएको छ । जसमध्ये चितवन क्षेत्र नम्बर २ मा प्रमिश राईलाई पठाइएको हो। राई जुजारु युवा र चितवनमा लोकप्रीय तरुण नेता हुन।
प्रतिनिधिहरुलाई तोकिएका क्षेत्रमा जाने र कांग्रेस तथा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्नुपर्नेछ ।आफूले जिम्मेवारी पाएको क्षेत्रको कार्यप्रगतिबारे केन्द्रीय प्रतिनिधिले तरूण दल केन्द्रीय कार्यालयमा प्रतिवेदनसमेत दिनुपर्नेछ।