नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सुदूरपश्चिमका कुस्ती खेलाडी कावासोतीस्थित महेन्द्र राजमार्गमा अलपत्र परेका थिए ।
नवलपुरमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कुस्ती खेलमा सुदूरपश्चिमलाई पाँच स्वर्ण, एक रजत र तीन कांस्य दिलाएका खेलाडी र प्रशिक्षकसहित २२ जना बीचबाटोमै रात बिताउन बाध्य भएका थिए।
आवतजावतको व्यवस्थापनको जिम्मा पाएका धनगढीका कराँतेका प्रशिक्षक हिक्मत गुरुङले मंगलबार नवलपुरबाट धनगढीसम्मको बसको व्यवस्थापन गरेनन् ।