१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’को अवधारणा सार्वजनिक गरेको छ । साथै नेपाली कांग्रेसले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गर्ने समेत घोषणा गरेको छ।