काठमाडौं– काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। अदालतको आदेशपछि सन्दीपलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।