२८ कात्तिक, काठमाडौं । रोहितकुमार पौडेल कप्तानी गर्ने विश्वकै दोस्रो कान्छो कप्तान बनेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालको कप्तानी गर्दै रोहितले यो उपलब्धी हासिल गरेका हुन् । अफगानिस्तानका रासिद खान ओडीआईमा कप्तानी गर्ने विश्वकै कान्छो कप्तान हुन् ।
युएई विरुद्धको ओडीआई शृंखला अन्तर्गत सोमबार पहिलो खेलमा युएई विरुद्ध कप्तानी गर्दा रोहित २० वर्ष ७३ दिनका मात्र छन् ।