कृषि विश्वविद्यालयमा ४ विद्यार्थी संगठनले लगाए ताला

१३ मंसिर, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन् । बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं चार विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । विश्वविद्यालयको स्नातक तहमा विद्यार्थी आवेदन परिक्षामा बेथिती निम्त्याएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नयाँ पाठ्यक्रम नै सार्वजनिक नगरी ‘नयाँ पाठ्यक्रमअनुसार अध्यापन गराइने छ’ भनी विश्वविद्यालयले सूचना जारी गरेको थियो। कुनै जानकारी विना नै सूचनामा नयाँ पाठ्यक्रम अनुसार अध्यापन गराइने भनिएकोमा आपत्ति रहेको विद्यार्थी संगठनले जनाएका छन् ।

प्रवेश परीक्षाका लागि लिइने शुल्कमा पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । प्रत्येक संकायका लागि छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र सबैमा छुट्टाछुट्टै शुल्क लिइनु विद्यार्थीका लागि अन्यायपूर्ण भएको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।

विश्वविद्यालयको डिनको कार्यालय, कर्मचारी प्रशासन र लेखा शाखामा ताला लगाईएको छ भने पदाधिकारीहरु चड्ने गाडीमा समेत साङ्लोले तालाबन्दी गरिएको अखिल केन्द्रिय क्याम्पस कमिटी अध्यक्ष बिक्रम खनालले जानाकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *