डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्यबाट दिइन् राजीनामा

१९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे ।

निर्वाचन आयोगले काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि उम्मेदवारी खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *