राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हान्यो, टाउकोमा गम्भीर चोट

२७ माघ, काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका  प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा जनिथ सिंह घाइते भएका छन्।  उनको टाउकोमा गम्भीर चोट लागेको छ। हाल ट्रमा सेन्टरका चिकित्सकहरुले घटनाको विरोध र सुरक्षाको माग गर्दै विरोध गरेका छन्।  डा सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउने क्रममा प्रहरीले कुटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *