कृषि तथा भेटनरी प्रवेश परिक्षामा सेन्ट जेभियर्स इन्स्टीयुटको दबदबा

कृषि तथा वन विश्व विद्यालय रामपुर कृषि संकाय को प्रवेश परिक्षाको परिक्षाफल प्रकाशित भएको छ । सेन्ट जेभियर्स इन्स्टीयुट भरतपुर चितवनको सो प्रवेश परिक्षामा उत्कृष्ठ नतिजा निकालेको दावा गरेको छ । सो प्रवेश परिक्षामा सहभागी १७ सय परिक्षार्थी मध्ये एक नम्बर मा नाम लक्ष्मी काफले ले निकालेकी छन् स्थानिय अरोमा उच्च मा.वि. कि विद्यार्थी काफले ले प्रवेश परिक्षाको तयारी सेन्ट जेभियर्स इन्स्टीयुटमा गरेकी र इन्स्टीयुटले १६५ सिट मा ७० भन्दा बढी आफनो विद्यार्थी रहेको पनि दावा गरेको छ । वि.स. २०६७ सालमा स्थापना भएर करिब तीन हजार बढी विद्यार्थीलाई विश्वविद्यालयको ढोका खोल्ने सफलता दिलाएको जानकारी संस्थाको संयोजक प्रशान्त अधिकारी दिएका छन् ।
त्यस्तेै यसै वर्ष भएको त्रीभुवन विश्व विद्यालये ले लिएको प्रवेश परिक्षामा नोट्रो डेम कलेज बन्दिपुर का मन्दिप अधिकारी ले पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । अधिकारी पनि सेन्ट जेभियर्स इन्स्टीयुटमा नै तयारी कक्षा लिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *