काठमाडौँ : शैक्षिक भ्रमणको क्रममा चितवनमा विद्यार्थी माथि यौन दुर्व्यवहारको आरोप लागेको नेपाल कर्मश क्याम्पसका बिबिएम कार्यक्रमका प्रमुख महेन्द्र अयार्लमाथि कुनै पनि कारवाही नभएको खुलेको छ ।
बिद्यार्थीको चर्को बिरोध हुने देखिए पछि नेपाल कमर्स क्याम्पसले बिबिएम कार्यक्रमको निर्देशकबाट अयार्ललाई हटाइसकेको छ। त्रिविको लैङ्गिक हिंसा कारबाही सम्बन्धी कार्यविधि अनुसार मुद्दा हेर्ने त्रिवि शिक्षाध्यक्ष शिवलाल भुसालका अनुसार अनुगमन समितिका प्रमुख विष्णु अर्यालका अनुसार ३ सदस्यीय छानबिन समिति गठन भएको छ। सो समितिले प्रतिवेदन बुझाएपछि फोर्सफूल बिदामा राख्ने की के गर्ने टुङ्गो लाग्ने उनले बताए। स्रोतका अनुसार अर्याललाइ फोर्स्फुल बिदामा राख्ने तयारी हुदै छ ।