सुर्खेत : गत साउन ४ गते दिउँसो वीरेन्द्रनगर–१२ मा दिदीको कोठामा ११ वर्षीया बालिका दिउँसै बलात्कारको सिकार भईन । उन्लाई बलत्कार गर्ने वीरेन्द्रनगर–१२ वडाकै २१ वर्षीय मनन सापकोटा र २५ वर्षीय कृष्ण रिजाललाई पीडितको दिदि र दाईले समातेर प्रहरीलाई खबर गरे। कृष्णलाई प्रहरीले पक्राउ गरेर ल्यायो। बलत्कारको आरोपी मननलाई जोगाउन झालझेलको सुरुवात भयो। उकेरामा प्रकाशित समाचारका अनुसार विपक्षीका आफन्त, नजिकका जनप्रतिनिधि र विपक्षीका वकिलले दिदीलाई फकाउन थाले। मुद्दा लेनदेनमा मिल्ने भएपछि मनन फागुनमा पक्राउ परे। पीडित बालिकाको बयान बदलियो अदालतमा। चैत २२ मा मनन एक लाख रूपैयाँ धरौटीमा छुटे। पीडितको दिदीले न पैसा पाइन् न पीडितले न्याय। साथै झुक्काएर कागज तयार पार्ने कागज लेख्ने लेखापढि व्यवसायी बलाराम सापकोटा र विपक्षबाट वहस गर्ने वकिल उत्तम आचार्य मनन सापकोटाका नातेदार रहेको खुलासा भएको छ।