१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि उक्त आदेश दिएका हुन । साथै लक्ष्मी महर्जन र टंक कुमार गुरुङ्ग लाई भने ५ लाख र १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।