दाङ : घोराहीमा अवस्थित पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख तथा डीआईका इञ्चार्ज मिनेश श्रेष्ठमाथि यौन दुर्व्यहारको आरोप लागेको छ। उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत छात्राले श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। आफूमाथि श्रेष्ठले दुर्व्यवहार गरेको र घटना बाहिर कसैलाई भने ज्यान मार्ने धम्की दिएको भनेर ती छात्राले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।