चितवन, असार ६-
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरुलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ । निर्देशनमा तोकिएको समयमा नामाबली नबुझाएमा नियम अनुसार कारबाही हुने पनि जनाइएको छ ।संस्थागत विद्यालयमा भर्ना भएका कुल विद्यार्थीको १० प्रतिशत नघट्ने गरी तोकिए बमोजिम असार १५ भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।