चितवन, असार २२–
भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।