विश्व फिजियोथेरेपी दिवस २०२३को अवसर पारेर नेपाल फिजियोथेरेपी संघ बागमती प्रदेश अन्तर्गत रहेका विभिन्न निकायहरुले कार्यक्रम गरी मनाएका छन ।
स्कूल अफ हेल्थ साइन्स, कलेज अफ मेडिकल साइन्स, भरतपुर अस्पताल लगायतमा कार्यरत फिजियोथेरेपीस्टहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन ।
कार्य्रकममा बागमती प्रदेशका अधक्ष्य विशाल रेग्मीले फिजियोथेरेपी र एस्को महत्तवको बारेमा जमनासमा भ्रम रहेको र उक्त भ्रमलाई निर्मूल गर्न सबै फिजियोथेरेपीस्टलाई आग्रह गरे ।
साथै पुर्व केंद्रीय अध्यक्ष बिनय केसीले फिजियोथेरेपीस्टलाई हेर्ने नजर अझै पनि तल्लो स्तरको रहेको र सरकार बाट पनि उचित संबोधन र मूल्याकंन नभएको गुनासो व्यक्त गरे ।
केसीले देशमै फिजियोथेरेपी सँग सम्बंधित जनशक्ति उत्पादनमा सरकारले जोड दिनु पर्ने र हाल रहेको तलब स्केल, ग्रेड लगायतका कुरामा पनि सरकारले ढिलो नगरी बेलैमा संबोधन गर्न पर्ने जनाए ।
कार्यक्रममा अन्य उपस्थित वक्ताहरुले पनि फिजियोथेरेपी सँग सम्बंधित हकहित लगायतका विषयमा आफ्नो राय व्यक्त गरेका थिए ।