हेटौँडा / हेटौँडामा स्काउटको वृहत पदयात्रा तथा संयुक्त दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ ।
आरती पाठकको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको वशिष्ट अतिथ्यता रहेको थियो ।
कायर्क्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य तथा क्रयु रोभर लिडर अशोक सारु मगर, स्काउट बागमती प्रदेशका सदस्य महेन्द्र राना मगर, वडा नं ११ अध्यक्ष जुना दाहाल, सूर्य विनायक नगरपालिका भक्तपुरका संयोजक शिव कुमार, थाहा नगर समितिका संयोजक गणेश मान श्रेष्ठ, संकरापुर नगर काठमाण्डौका सदस्य सुरेन्द्रकार रन्जित लगाएतको उपस्थिति रहेको थियो ।
हेटौडाका विभिन्न विद्यालयका ६०० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा कार्यक्रममा पेन्गोलिनको क्रयुले ओैपचारिक रुपमा अभिभावकत्व प्रदान गर्दे स्पोनसर प्रदान गर्न अस्मिता नेपाल संग सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको थियो ।