नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

पारसले जितका लागि आवश्यक ४३ मत पाएका छन । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *