२०८० असोज २१ गते, आइतबार, हेटौंडा
नेपाल स्काउट बागमती प्रदेशले मकवानपुरमा रहेको २ वटा विधालयमा नयाँ स्काउट इकाई संचालन गर्न प्रोत्साहन स्वरुप स्काउट पोशाक वितरण गरिएको छ । मकवानपुर गढी गाउँ पालिका वडा नं ५ धादिङमा रहेको शारदा माविको ३२ जना र हेटौंडा उपमहानगर पालिकाको वडा नं नकौलीमा मा रहेका आधारभुत विधालयका ३२ जना गरी ६४ जना छात्र र छात्रालाई भिन्नभिन्नै कार्यक्रममा पोशाक वितरण गरेको हो ।
सानै उमेरबाट नै सामाजिक भावनाको विकाश गरी अनुशासित र नैतिकवान जिम्मेवार नागरिक बनाउन विभिन्न जिवन उपयोगी सिप सिकाउदै विपदमा सहायता प्रदान गर्न सक्ने स्वंयसेवक निर्माण गर्न स्काउट पोशाक वितरण गरेको बागमती प्रदेश सदस्य अशोक सारु मगरले बताए ।
मकवानपुर गढी गापा मा रहेको शारदा मा वि को प्रधानाध्यापक इन्द्र बहादुर कार्कीका सभाध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सदस्य अशोक सारु मगर , मकवानपुर गढी गापा ५ नं वडा अध्यक्ष, विधालय व्यवस्थापन समिति सदस्य नवराज न्यौपाने, नेपाल स्काउट बागमती प्रदेश सदस्य महेन्द्र राना, स्काउटर अनिल आचार्य , निशा गौतम , प्रदेश कायर्यालय सहायक प्रमुख शौरभ अधिकारी विधालयका सहायक प्रअ देवनायक शर्मा, स्काउटर रमन झा, शिक्षक रजनी दुलाल र आशिष घलान लगायतको उपस्थिति रहेको थियो ।
अन्तराष्ट्रिय संस्थाको रुपमा पहिचान भएको सानासाना स्काउट भाईबहिनीले स्थानीय स्तरमा पनि विपदको समयमा सेवा गर्ने काम ठुला मान्छे संगसंगै गर्ने गरेको कार्य प्रशंनीय रहेको र नगरपालिकामा पनि स्काउट संचालन गर्न आवाश्यक बजेटका लागि पहल गरिने कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाका सदस्य इश्वरी रसाइलीले बताए हेटौंडा उप महानगरपालिकाको कालिक आधारभुत विधालयका प्रअ बैकुण्ठ पराजुलीको सभाध्यक्ष्यतामा र कार्यपालिका सदस्य इश्वरी रसाइलीको प्रमुख आतिथ्यतामा भएकोृ थियो ।
बागमती प्रदेश राजधानी हेटौडासंगै जोडिए पनि विकट मानिने यस विधालयमा स्काउट संचालनको लागि पोशाक पाउनुले विधार्थीहरु खुसी भएको १ नं वडा पालिका सदस्य रामकृष्ण अधिकारीले बताए । पोशाक वितरण कार्यक्रममा स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, महेन्द्र राना, कार्यालय प्रमुख शोभा लामिछाने, सहायक शौरभ अधिकारी , विधालय व्यवस्थापन अध्यक्ष इन्द्र बहादुर पाख्रीनले १ नं वडा पालिका सदस्य सोनाम सिं ब्लोन, स्काउटर सिता ब्लोन, अनिल आचार्य, निशा गौतम र इश्वर लामिछानेको सहभागीता रहेको थियो ।