लिटल मास्टर नेपाल २०२३ को आवेदन खुल्ला

काठमाडौं ।  यहि मङ्सिर ९ देखी शुरु हुन गईरहेको लिटिल मास्टर नेपाल २०२३ को आवेदन खुलेको छ । आयोजक कलश इभेन्ट्सले एक विज्ञप्ति जारी गर्दै लिटल मास्टर नेपाल २०२३को नयाँ संस्करण ‘मिस्टर नेपाल २०२३’ को आवेदन खुला भएको जनाएको हो ।
यदि तपाई अथवा तपाईको बाबु ९ देखि १३ वर्ष पुग्नु भएको छ भने उँहाहरुको लागि यो सुवर्ण अवसर हुनसक्छ । आयोजक कलश ईभेंट प्रा। लिका अधक्ष्य संजय महर्जनका अनुसार फिनाले भने मङ्सिर ३० शनिबारको दिन राष्ट्रिय नाच घर जमलमा हुने छ। प्रतियोगिताका सहभागीहरुलाई व्यक्तित्व विकास लगायत नेतृत्व, आत्मविश्वास, बाल यौन दुर्व्यवहार बारे सचेतना कक्षा ९गुड टचरब्याड टच०, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व जस्ता बिषयमा प्रशिक्षण दिनुका साथै सिर्जनात्मक क्रियाकलापमा प्रतियोगीलाई सहभागी गराईने उनले जानकारी गराए।

आवेदन शुल्क रु ५०० रहेको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित लिटल मास्टर नेपाल छापिएको टी(सर्ट प्राप्त गर्नेछन। (व्यावसायिक प्रसिद्ध फोटोग्राफर) द्वारा फोटो सेसन, विभिन्न प्रख्यात व्यक्तित्व, प्रशिक्षक, कलाकारद्वारा प्रशिक्षण दिईनुका साथै तालिम अवधिभर खाजाको व्यवस्ता गरिएको प्रबन्ध निर्देशक बर्षा महर्जनले जानकारी गराए।

तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । यो इभेन्टको कोरियोग्रफिमा भने फेशन कोरियाग्राफर रोहिया महर्जन रहने हुनु भएको छ।

इक्षुकले तल उल्लेख गरिएको लिन्कमा गएर आवेदन दिन सक्ने छन।

LITTLE MASTER NEPAL 2023

Leave a Reply

Your email address will not be published. Required fields are marked *