नेपाल स्काउट पेन्गोलिन ओपन स्काउट कृउको प्रथम दिक्षान्त समारोह एवम् दशै,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।मिती २०८०/०६/२८ गते भएको कार्यक्रममा यस पेन्गोलिन ओपन स्काउट कृउको दल समिती अध्यक्ष स्पोन्सर संस्था अस्मिता नेपालका अध्यक्ष श्री आरती पाठक ज्युको सभाध्यक्षता र बागमती युवा परिषदका कार्यकारी उपाध्यक्ष श्री सन्तोश चौलागाई ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। पेन्गाेलिन ओपन स्काउट क्रयुले संचालन गरेकाे युवा स्काउट कार्यक्रम अन्तर्गत प्रथम चरणकाे तालिममा सहभागी भएका ३७ जना राेभर रेन्जरहरु दिक्षित भएका छन् ।सोही अवसरमा यस कृउका दल समितिलाई पनि रोभर लिडर अशोक सारु मगर ज्युले दिक्षित गराएका थिए ।दिक्षित रोभर रेन्जरहरुलाई ओहोदा अनुसार ब्याज,स्कार्फ प्रमुख अतिथी,कृउका अध्यक्ष,रोभर लिडर,उपस्थित अतिथी ज्युहरुले बितरण गर्नु भएको थियो।घटस्थापनाको दिन भएको कार्यक्रममा दशै,तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान पनि भएको थियो।कार्यक्रममा प्रमुख अतिथि ज्युले शुभकामना मन्तव्य सङ्गै युवाहरुलाई सामाजिक कार्यमा सहभागी गराउदै जिवनउपयाेगी सीप सिकाउदै विपदकाे समयमा गरिने सेवा कार्यले राज्यकाे लागि दक्ष अनुशासित नागरिक बनाउने भएकाेले समाजमा सचेतना अभियान संचालन गर्दे शान्ति स्थापना गर्नकाे स्काउटकाे अहम भुमिका रहेकाेले बागमती युवा परिषद् सधै समन्वय गरेर कार्य गर्न तयार रहेकाे बताउनु भयाे । कार्यक्रममा नेपाल स्काउट बागमति प्रदेश सदस्य महेन्द्र राना मगर,बागमती प्रदेश सहायक अधिकृत सौरभ अधिकारी,मनहरी गा.पा.स्काउट समिती संयोजक अनन्त पौडेल,कैलाश गा.पा स्काउट समिती संयोजक दिपक गुरुङ्ग,बागमती गा.पा स्काउट समिती सदस्यता वृद्धि संयोजक राजकुमार राई,गै.स.स मकवानपुर अध्यक्ष रमिला सापकोटा,फ्रेन्डस् नेपालका अध्यक्ष किरन थापाको साथै स्काउटर किशोर श्रेष्ठ,मानसिङ्ग लामा,लक्ष्मी श्रेष्ठ,बिमल खत्री,निशा गौतम,अनिल आचार्य,सफिरा मिजार,जोन पहाडिको उपस्थिती रहेको थियो।कार्यक्रम संचालन पेन्गोलिन स्काउट कृउको सदस्य सचिब अशोक सारु मगरले गर्नु भएको थियो।