युवा उधमी सोनामको आइडिया र स्थानियको सहकार्यले ब्युतिएको गंगापूर्ण ताल

गंगापूर्ण तालमा जलबायु परिवर्तनको असरले गर्दा ताल एउटा खेल मैदान जस्तो हुँदै गएको थियो। हिलो झिक्ने देखि अनेक प्रयास गरे पनि तालमा पानी काम र हिलो धेरै हुँदै गएपछी ताल नै लोप हुने अवस्थामा पुगिसकेको थियो।  यही हिमतालमा डेढ वर्षअघि अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायत अभिनित बलिउड फिल्म ‘उचाइ’ को समेत छायांकन गरिएको थियो ।

केही दिन अगिको बैठकमा स्थानिय युवा उधमी सोनाम गुरुङले ताल बाट पानी बग्ने स्थानलाई केही साङुरो पारेर पानी जमाउन प्रयास गरौ भनेर आफ्नो कुरा राखे। उक्त बैठकमा उपस्थित स्थानिय प्रतिनिधि र बासिन्दाले एक पल्ट गरी हेरौ न भने पछी जेसिबीको प्रयोग गरेर साङुरो पारेको केही समयमा नै पानी जम्न सुरु भएको थियो। स्थानिय युवा जीवन गुरुङ लगायतका युवाहरु सकृय रुपमा लागेर ताललाई थुनेर पानी जमाएका थिए।  अहिले तालमा पानी जमेर निलो-हरियोको मिश्रण भएको सुन्दर ताल देखिन सुरु गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *