काठमाडौं- लिटल एन्जेल्स (एलए)ले जाजरकोट र रूकुम पश्चिम भूकम्पमा परी आमाबुबा दुवै गुमाएका दश बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ।
एलएले भूकम्पमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा)का लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुपअन्तर्गतका शिक्षण संस्थाहरूबाटआवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति दिने भएको हो।