भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको टोलीले जाजरकोटको भूकंपपीडितलाई राहत सामग्री वितरण गरेको छ ।
भरतपुर महानगरपालिकाको टोलीले जाजरकोट र रुकुमको भुकम्प अति प्रभावित क्षेत्रहरु भेरी ,नलगाड, आठबिसकोट र सानोभेरीमा पुगी ९ सय परिवारका लागी राहत सामाग्रीहरू प्रमुख जिल्ला अधिकारी मार्फत पालिकाहरूलाई हस्तान्तरण गरेको छ।