जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ बजारस्थित रोज बर्ड बोर्डिङ स्कूलको होस्टलमा होस्टेलमा एक बालिकालाई शिक्षकले बलात्कार गरेका छन् । आमालाई पालो दिन होस्टलमा भात पकाउन गएकी १४ वर्षीया बालिकालाई बिहीबार मध्यराति शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् । शिक्षक यादव भने फरार भएका छन। स्कूलका सञ्चालक सञ्जय यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बताइएको छ ।
समाचार श्रोत: NepalPress