चितवन । भीमोदय नमुना माध्यमिक विद्यालयको परिसरमा शुक्रवार (आज) आयोजना गरिएको जिल्ला स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा लिट्ल फ्लावर स्कुल नारायणगढ प्रथम भएको छ । प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर द्धितीय र पञ्चकन्या विद्यामन्दिर वोर्डिङ स्कुल रत्ननगर तृतीय भएको छ । यस्तै स्काइराइडर इङलीस बोडिङ स्कुल रत्ननगरले सान्त्वना स्थान प्राप्त गरेको छ ।
कालिका –५, पदमपुर स्थित भीमोदय नमुना माध्यमिक विद्यालयले विद्यालय स्थापना भएको ५३ औं वर्षको अवसरमा अवसरमा जिल्ला स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक प्रदीपकुमार चौधरीले जानकारी दिनुभयो ।