चितवन- रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा एक छात्राले आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन ।
रत्ननगर-१५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्दै आइरहेको सालिनले आत्महत्या गरेको आफन्तले मान्न तयार छैनन | मृतकका काकाको अनुसार प्रहरीले जाहेरी लिन मानेको छैन|
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत शनिबार कक्षा आठमा अध्ययनरत १४ वर्षीय सालिन पोख्रेलले आत्महत्या गरेकी हुन् ।
शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टलको कोठामा रहेको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
रत्ननगर-१५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्दै आइरहेको सालिनले आत्महत्या गरेको आफन्तले मान्न तयार छैनन |
बिधालय परिसरमा आफन्तझन र मृतकका सहपाठिहरुले आन्दोलन गरिरहेका छन |