युवा तथा खेलकुद मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. प्रणय राणा एन्टी डोपिङ सम्बन्धि दुई देश बीच साझेदारीको छलफल गर्न नेपाल प्रतिनिधिको रुपमा अमेरिका आइपुगेका छन् । अप्रिल ३० मा युएस एन्टी डोपिङ एजेन्सीको कोलोराडो स्थित मुख्यालयमा हुने कार्यक्रमको लागि उनी अमेरिका आएका हुन। राणा खेलकुदमन्त्री बिरज भक्त श्रेष्ठबाट अवैतनिक वरिष्ठ सल्लाहकारको रुपमा नियुक्त भएका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको एनआरएन विभागको केन्द्रीय उपप्रमुख पनि हुन् र भ्रमणको क्रममा नेब्रास्का तथा कोलोराडो राज्यमा गैरआवासीय नेपाली ऐन तथा नागरिकता सम्बन्धि आन्तरक्रिया कार्यक्रममा पनि प्रमुख वक्ताको रूपमा सहभागी हुँदै छन् । आफ्नै खर्चमा आएका डा. राणा २०२४ को असाधारण मानवीय र सेवा उपलब्धि को लागी केंनेस स्टेट युनिभर्सिटी द्वारा अप्रिल २३ मा पुरस्कृत हुने कार्यक्रममा पनि सहभागी हुने छन ।