काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण गरेका छन्।साथै नतिजाअनुसार, एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना नन ग्रेडेड छन् ।
गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।