१० भाद्र, २०८१
हेटौंडा
नेपाल स्काउट स्थानीय पालिका समिति हेटौंडा उपमहानगरपालिका को आयोजनामा २०८१ भाद्र ८ देखि १० गते सम्म संचालित २ राते ३ दिने प्रथम हेटौंडा उपमहानगरपालिका स्तरीय स्काउट पेट्रोल लिडर तालिम सम्पन्न भएको छ ।
हेटौंडा भित्र स्काउट संचालन भएको १७ वटा ट्रुप बाट छात्र छात्रा गरी १२० जना सिनियर स्काउटहरु सहभागी भएको थियो । नेपाल स्काउटको युवा कार्यक्रम अन्र्तगत विधालय तहमा स्काउट इकाइ गठन भएको स्काउट ट्रपका दल नायक तथा टोली नायकहरु तालिममा सहभागी भएका थिए । स्काउट संचालन भएका विधालयहरुमा एकरुपतामा स्काउट कार्यक्रम र्सचालन गर्न र नेपाल स्काउटको परिमार्जीत विभिन्न विषयहरुमा जानकारी गराई नेतृत्व विकाश गर्नको लागि तालिम संचालन भएको थियो । ३ दिन सम्म संचालन भएको पेट्रोल लिडर तालिममा नेतृत्व विकाश , दल तथा टोली नायक परिषद् प्रणाली, विपतमा डोरीको प्रयोग र अभ्यास, बालअधिकार, समुह परिचालन र कार्यक्रम निर्माण, प्राथमिक उपचार, स्काउटका विभिन्न झण्डाको प्रकार र यसको प्रयोग, ब्याज तथा विभिन्न जिवनउपयोगी सिपहरु सिकाएको थियो । प्रतियोगात्मक रुपमा विपतको समयमा बिना भाडो खाना बनाउने, जंगल पदयात्रा तथा सर्वधर्म सभा कार्यक्रम समेत आयोजना गरेको थिए ।
भाद्र ८ गते औपचारिक उद्घाटन भएको कार्यक्रम नेपाल स्काउट स्थानीय पालिका समितिका प्रमुख आयुत्त अनिल आचार्यको सभाध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष सुनिल मोत्तानको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रथम पेट्रोल लिडर तालिमको कोर्ष लिडर अशोक सारु मगर र लक्ष्मी थापा , स्काउट स्थानीय पालिका थाहा नगरपालिका प्रमुख आयुक्त गणेशमान श्रेष्ठ, बागमती स्काउट स्थानीय पालिका प्रमुख आयुक्त राजकुमार राई , राष्ट्रिय परिषद्का सदस्य सुरेन्द्र का रन्जित लगायतका अतिथिहरु रहनु भएको थियो । तालिममा शिवकुमाार त्वयना, अशोक सारु मगर, लक्ष्मी थापा ,शसीलराज गिरी, सौजन डिसी, अनिल आचाय, इन्द्रमणि दाहाल, दिक्षा दाहाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।