काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौँबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी काठमाडौँको सानोभर्याङबाट पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाका अनुसार मनाङेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।