२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलाई आठ विकेट लिएर एक सय ३४ रनमा समेट्दै लुम्बिनीले ३३ रनको जित निकालेको हो। रोहितले ब्याटिङ र बलिङ दुवैमा सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो पहिलो जित हात पारेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।
एनपीएलमा लुम्बिनीको पहिलो जित
