१६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकीलाई

चितवन । चितवनको खैरहनीमा सम्पन्न १६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकी शिक्षा सदन भरतपुरले जितेको छ । नेपाल लिटिल फ्लावर सोसाइटीको आयोजनामा भएको प्रतियोगितामा सैनिक आवासिय महाविद्यालय दोस्रो र डेजी ईङ्लिस स्कुल तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने भएको बाल्मीकीले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्यो । उपविवेता सैनिक आवासिय महाविद्यालय र तेस्रो स्थानमा रहेको डेजीलाई क्रमशः २० हजार र १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक नेपाल लिटिल फ्लावर सोसाइटीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *