काठमाडौं । काठमाडौं शिक्षालय ललितपुरले अंग्रेजी नयाँ वर्ष सन् २०२५ को दिन विशेष कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस, राष्ट्रिय पोशाक दिवस र नयाँ वर्ष मनाएको छ । ललितपुर इमाडोलमा रहेको काठमाडौं शिक्षालयले जापानी स्काउट लिडरहरुलाई समेत उक्त कार्यक्रममा शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठले जापानी स्काउट अतिथिहरुलाई टीका लगाइदिएका थिए । शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष पर्वतारोही प्रकाश राज पाण्डेले यसप्रकारका विभिन्न सांस्कृतिक, सामाजिक खालका कार्यक्रमहरुले नेपाली पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने र विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन शिक्षालयले महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।
काठमाडौं शिक्षालय ललितपुरले मनायो नयाँ वर्षसँगै टोपी र राष्ट्रिय पोशाक दिवस
