प्रधानमन्त्रीले पाण्डेलाई दिए अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोही प्रकाशराज पाण्डेलाई अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिए । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन् । । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सका लागि प्रस्थान गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *