झापा।
प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि माघ २८ सम्म “अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मूल नाराका साथ चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ । विराटनगर स्थित डिग्री क्याम्पसमा आयोजना हुने ज्याम्बोरेटमा ३ हजार भन्दा बढी स्काउटहरुको सहभागिता हुनेछ ।
कोशी प्रदेशका सम्पुर्ण स्थानीय तहबाट छनोट भएका स्काउटहरु कार्यक्रममा सहभागी हुनेछन साथै अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रुपमा स्काउटहरुको सहभागिता हुनेछ ।