भरतपुर महानगरले शिक्षक भत्ता बडाएको छ । भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई १२ महिनाको आवास भत्ता उपलब्ध गराउने भएको छ।
भरतपुर महानगरपालिका शिक्षकलाई आवास भत्ता उपलब्ध गराउने सम्भवतः पहिलो स्थानीय तह हो।
महानगरपालिकाले वडा नम्बर २९ का राजमार्गसँग नजोडिएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आवास भत्ताको व्यवस्था गरेको छ।
यो वडामा ११ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये १० वटा विद्यालय राजमार्गसँग जोडिएका छैनन्। यिनै विद्यालयमा कार्यरत वडाबासी बाहेकका शिक्षकले मात्र यस्तो भत्ता पाउँछन्। गत आर्थिक वर्ष २०८०/८१ देखि महानगरपालिकाले आवास भत्ता वितरण गर्न सुरु गरेको हो। गत वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका थिए।