विराटनगर । नेपाल स्काउट कोशी प्रदेशले आयोजना गरेको चौथो प्रादेशिक ज्याम्बोरेट सोमबार सम्पन्न भएको छ । विराटनगरमा यही माघ २५ गतेदेखि ज्याम्बोरेट आयोजना गरिएको थियो ।
प्रदेशका प्रमुख आयुक्त एवं क्याम्प चिफ हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको ज्याम्बोरेटको प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय रेवतीरमण भण्डारी थिए ।