३० माघ, पोखरा । तनहुँको भीमाद नगरपालिका- ६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलको विद्यार्थीको गालामा पन्यु डामियको छ । स्कूल की लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छिन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै ४ जना विद्यार्थीको गालामा घरबाटै पन्यु ल्याई तताएर डामेकी थिइन् ।