काठमाडौँ – भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा दबाबमूलक प्रदर्शन गरेको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा आइतबार नेपाली विद्यार्थी लम्साल मृत भेटिएकी थिइन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) पद्मकन्या बहुमुखी क्याम्पस समितिले आज बिहान क्याम्पस गेटमा प्रदर्शन गरेको हो ।
प्रकृति लम्सालको न्यायको माग गर्दै पद्मकन्या क्याम्पसमा प्रदर्शन
