आरआर क्याम्पसको स्ववियु सभापतिमा संगम तामाङलाई उम्मेदवार बनाउने अखिल क्रान्तिकारीको निर्णय

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको छ । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउँदै छ ।
अखिल क्रान्तिकारीले स्नातकोत्तर तहमा अध्यनरत संगम कुमार लामा तामाङलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव शिशिर बस्यालले जनाएका छन् । लामा क्याम्पस कमिटीका बहालवाला अध्यक्ष पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *