भरतपुरमा छात्रालाई दुव्र्यवहार गरेको आरोपमा सहायक प्रअ पक्राउ

चितवन । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्याक आफ्नै विद्यार्थीलाई दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन ।

बलिकाले दिएको जाहेरीको आधारमा आरोपी सहायक प्रधानाध्यापक सापकोटालाई गत बिहीबार हिरासतमा लिएको छ । 

विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि फेसबुक म्यासेन्जरमा अश्लील म्यासेज पठाउने गरेको, आफूसँग होटलमा जान दबाब दिने गरेको लगायत अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । सहायक प्रधानाध्यापक सापकोटाले बालिकाको बुबा चितवन नभएको मौका छोपी पिछा गरेर आफूसँग होटलमा बस्न भनेको जाहेरीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *