विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा स्कुलका शिक्षक पक्राउ

२२ वैशाख, काठमाडौं । शान्तिनगरमा रहेको बेबिलोन बोर्डिङ स्कुलका एक जना शिक्षक कक्षा १० मा अध्ययनरत् विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, पीडितकी आमाले गएको चैत महिनामा कक्षा १० मा अध्ययनरत् आफ्नी छोरीलाई उनले दुर्व्यवहार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

पीडितकी आमाले दिएको जाहेरीका आधारमा शिक्षक टिकाप्रसाद सुवेदीलाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *