नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा केन्द्रमा मूल समारोह तथा प्रदेश र स्थानीय तहहरूमा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सम्माननीय उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आथित्यता तथा युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट श्री तेजु लाल चौधरीको बिशेष आतिथ्यतामा हिजो नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय लैनचौर परिसरमा आयोजित बिशेष मुल समारोह कार्यक्रमबीच ७४ औं स्थापना दिवस मनाइएको हो।
प्रमुख आयुक्त श्री देवराज घिमिरेको अध्यक्षता मा सम्पन्न कार्यक्रममा मन्त्रालयका श्रीमान सचिव डा. हरि प्रसाद लम्साल, काठमाडौं उपत्यकामा उपलब्ध बरिष्ठ स्काउटर, प्रशिक्षक, स्काउटर तथा रोभरसहित स्काउट सदस्यहरू सहभागी हुनुभएको थियो ।
कार्यक्रममा नेपाल स्काउटको बार्षिक प्रतिवेदन २०२४-२०२५ सार्बाजनिक गरिनुका साथै नेपाल स्काउटको अभियानमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई बिभिन्न पदकबाट सम्मान गरिएको थियो ।