काठमाडौं– सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ। सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछाएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपाललाई जित दिलाउन प्रशिद्धले अविजित रहँदै ५५ रन बनाए। ९७ बल खेलेका उनले ५ चौका प्रहार गरे। यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६.१ ओभरमा अल आउट हुदै १३८ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए । नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ३४ रन खर्चिए।
नेपालको एसीसी यू-१६: सिंगापुरमाथि नेपालको सहज जित