चितवन । हेल्थ हसिस्टेण्ट कार्यक्रम संचालन गरेको पहिलो ब्याचमै बालकुमारी कलेज उत्कृष्ट भएको छ । हालै प्रकाशित नतिजा अनुसार बालकुमारी कलेजमा ७७.७८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । बागमती प्रदेशका सिटिइभिटिबाट सम्बन्धन पाएका ३६ वटा कलेज मध्ये बालकुमारी कलेज दोस्रो भएको हो । कलेजले २०८०/८१ बाट स्वास्थ्य संकाय अन्तर्गत एचएको पढाई सुरु गरेको हो ।