एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *