काठमाडौँ, साउन १९–
कक्षा १२ को नतिजा आजै प्रकाशन गर्ने गरी तयारी अघि बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले आज/भोलिमै नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको बताए ।
गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।